काठमाडौं । प्रमुख चार दलबीच विगतका नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटमा विगतका नीति तथा कार्यक्रम र बजेटलाईसमेत निरन्तरता दिने सहमति भएको हो ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै पक्षलाई समेटेर विवादरहीत तरिकाले बजेट ल्याउने विषयमा सकारात्मक छलफल भएको बताए ।
प्रधानमन्त्री सुशील कोइरालाको पहलमा भएको वार्तामा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा चार दलका शीर्ष नेताहरुले आ