नयाँ आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव गरिसक्ने घोषणा

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव गरिसक्ने घोषणा गरेको छ ।  
राष्ट्रपति डा. रामवरण यादवले बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७२/०७३ का लागि सरकारको नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव गर्ने उल्लेख गरिएको छ ।
यसअघि संविधान मस्यौदा समितिको कार्यदलले तयार पारेको नयाँ संविधानको पहिलो मस्यौदामा पनि ६ महिनाभित्र स्थानीय चुनाव गर्ने लेखएकिो थियो । तर, विपक्षीले विरोध जनाएपछि मस्यौदाबाट त्यसलाई हटाइएको छ ।
सरकारले नीति तथा कार्यक्रममा स्थानीय चुनाव एक वर्षभित्रै गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रमको नवौं बुँदामा भनिएको छ-