काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन सम्पूर्ण नेपाली जनतामा आह्वान गरेका छन।
‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’बारे नेपाली नागरिकको सुझाव सङ्कलन कार्ययोजना आजको संविधानसभाबाट पारित भएकाले शुक्रबारदेखि खटिने टोलीलाई आआफ्ना सुझाव उपलब्ध गराउन उनले आह्वान गरेका हुन। संविधानसभा सचिवालयमा आज पत्रकार सम्मेलन गरी सभाध्यक्षले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आजै तालिका सार्वजनिक गरेकाले संविधान निर्माणको अति महत्वपूर्ण राष्ट्रिय अभियानमा सहभागी हुन आम जनतालाई अनुरोध गरे।
”संविधानको प्रस्तावित मस्यौदा पहिलो संविधानसभाको कार्यकालमा जनताका रायसुझाव सङ्कलन गरी प्राप्त सुझावअनुसार बनेको अवधारणापत्रमा आधारित भई वर्तमान संविधानसभाले तयार गरेको छ,” उनले भने -”संविधानसभाले अघि बढाइरहेको संविधान लेखनको काम पूर्ण रुपमा नेपालको अन्तरिम संविधान, २०६३, संविधानसभा नियमावली, २०७० एवम् विधिको शासन र लोकतान्त्रिक प्रक्रिया अनुकूल छ ।”
जनतासमक्ष प्रस्तुत हुने मस्यौदा प्रारम्भिक मात्र भएकाले नेपाली नागरिकबाट प्राप्त सुझावका आधारमा त्यसलाई परिमार्जन गरी संविधानसभाले विधेयक तयार गर्ने संविधान लेखनका प्रक्रिया स्पष्ट पार्दै उनले आफूलाई लागेका कुनै पनि विषयमा सुझाव दिन आग्रह गरे।
अघिल्लो संविधानसभाले जनताबाट प्राप्त अभिमतलाई समेट्दै तयार पारेको अवधारणापत्रका आधारमा जनताले बुझ्ने भाषामा मस्यौदा तयार गरिएको प्रस्ट्याउँदै सभाध्यक्षले आगामी साउन ४ र ५ गते प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना हुने सर्वपक्षीय भेला