प्रधानमन्त्री सुशील कोइरालाद्धारा लोकतन्त्र स्थापनाका लागि सहिदले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्र स्थापनाका लागि सहिदले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रजातन्त्र ल्याउनका लागि गरिएको आन्दोलनमा ज्यान गुमाएका ओखलढुंगाका चारजना सहिदको नाममा ललितपुरको नख्खुमा निर्माण गरिएको पार्कको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले नेपालमा लोकतान्त्रिक संविधान निर्माण हुन लागेको अब सहिदको रगत खेर नजाने बताएका हुन् ।
उनले संविधान जारी गर्न अब कसैले पनि रोक्न नसक्ने भन्दै संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गर्नेसमेत बताए । संविधान जारी भएपछि मुलुकमा स्थायित्व कायम हुने उनले बताए ।
प्रधानमन्त्री कोइरालाले विपद्को समयमा पनि सबै नेपाली एकजुट भएर मुलुक पुनःनिर्माणमा लाग्ने विश्वास व्यक्त गरे । नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग पनि आएकाले अब देश प्रगतिको बाटोमा हिँड्ने उनको भनाइ थियो ।
प्रजातन्त्र स्थापनाका लागि २०३१ सालमा लतिलपुरको नख्खुमा ज्यान गुमाएका ओखलढुंगाका सहिद लिलानाथ दाहाल, ठगीराज दाहाल, खगेन्द्रराज दाहाल र गोकर्ण कार्कीका नाममा निर्माण गरिएको पार्कको प्रधानमन्त्री कोइरालाले उद्घाटन गरेका हुन् । इमेजखबरमा समाचार छ ।