केन्द्रीय बाल कल्याण समितिले काठमाडौंको कुलेश्वरमा सञ्चालित माया घर बाल गृहबाट २७ जना बालबालिकाको उद्धार गरेको छ। सो बालगृह निरीक्षणका क्रममा व्यवस्थापन कमजोर देखिएको र आर्थिक हिनामिना भएको देखिएकाले बालबालिकालाई उद्धार गर्न लागिएको केन्द्रीय बाल कल्याण समितिले जनाएको छ।
बालबालिका आइतबार विद्यालयबाट फर्केपछि समितिको टोलीले उद्धार गरी ट्रान्सिट सेन्टरमा राखिने भएको छ।
उद्धार गरिएका बालबालिकाका अभिभावक भए उनीहरुको जिम्मा लगाउने र नभएकालाई समितिले जिम्मा लिने केन्द्रीय बाल कल्याण सिमितिकी कार्याक्रम व्यवस्थापक नमुना भुषालले जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला बाल कल्याण समिति, केन्द्रीय बाल कल्याण समिति र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले विभिन्न स्थानमा सञ्चालित बालगृहहरुको अनुगमन गरिरहेको छ। सेतोपाटीमा समाचार छ ।