काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संसदमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि जवाफ दिएका छन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरुको बोल्ने क्रम सकिएकाले प्रधानमन्त्रीले दिएका हुन् ।
प्रधानमन्त्रीले जवाफ दिएपछि आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन सरकारलाई बाटो खुल्ने छ । सरकारले पर्सी २९ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालयका सचिव सुमन शर्माका अनुसार २९ गते अर्थमन्त्री डा. रामशरण महतले संसदमा आर्थिक वर्ष २०७२/७३ को बजेट पेश गर्नेछन् ।
बजेट मूख्य रुपमा भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुने बताइएको छ ।
यसअघि भएका छलफलमा सत्तारुढ दलका सांसदले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका थिए भने विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । इमेजखबरमा समाचार छ ।