सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित गरेको छ।
 
राष्ट्रपति रामवरण यादवले २३ असारमा संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि सभासदहरुले छलफलका क्रममा उठेका प्रश्नको जवाफ पश्चात सभासदहरुले राखेको पुनप्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले कनीकुथी जवाफ दिएका थिए।
 
त्यसपछि सभामुखको अनुमतिले कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले राष्ट्पतिद्धारा पेश गरेको नीति तथा कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्न सदनमा प्रस्ताव राखेका थिए।
 
सभामुखले निर्णयार्थ राखेकेा प्रस्तावमा बहुमतले पारित गरेको हो।
 
यसअघि विपक्षी दल एमाओवादीको तर्फबाट गिरिराजमणी लगायत कतिपय दलका सभासदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो।
 
संशोधन प्रस्ताव दर्ता गर्ने गोपाल दहित, रामकुमार राई आफै अनुपस्थित रहेपछि उनीहरुको पक्षमा कुनै व्यक्ति नभएपछि सर्वसम्मतिले अस्विकृत भएको सभामुखले बताए। सेटोपाटीमा समचार छ ।