भद्रपुर (झापा), असार २८ – प्रधानमन्त्री सुशील कोइरालाले संबिधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले जसरी पनि संबिधान बन्ने दाबी गरेका छन् । उनले संबिधान बन्ला कि नबन्ला भन्ने शंका नगर्न सबैसँग आग्रह गरे ।
झापाको भद्रपुर नगरपालिका-१० मा बन्ने गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको शिलान्यासका लागि पुगेका प्रधानमन्त्री कोइरालाले भने,जहाज उडिसक्यो, ल्याण्ड गर्ने चरणमा छौं ।
उक्त कार्यक्रममा बोल्दै एमाओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले संबिधान निर्माणको प्रक्रिया सुरु भए पनि जनतामा केही शंकाउपशंका देखिएको बताए ।