राप्रपा नेपालद्धारा नयाँ संविधानको पहिलो मस्यौदामा जनमत संकलन बहिस्कार गर्ने घोषणा

राप्रपा नेपालका सभासदहरुले नयाँ संविधानको पहिलो मस्यौदामा जनमत संकलन बहिस्कार गर्ने घोषणा गरेका छन्।
संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले जनमत संकलनलाई सरकारले रचेको नाटक भन्दै संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
साथै पार्टीका सभासदहरु जनमत संकलनमा सहभागी नहुनेसमेत निर्णय गरेको छ।
संविधानको मस्यौदा निर्माण गर्दा संविधानसभालाई रबर स्टायम्पको रुपमा प्रयोग गरेर अन्तर्वस्तुहरुमा पर्याप्त छलफल गर्न नदिएको, नियमावली निलम्बन गरिएको तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गरिएको आरोप लगाएको छ।