संविधानको प्रारम्भिक मस्यौदा-२०७२ माथिको सुझाव सङ्कलन कार्य सुरु

बनेपा – संविधानको प्रारम्भिक मस्यौदा-२०७२ माथिको सुझाव सङ्कलन कार्य काभ्रेपलाञ्चोकमा आजदेखि सुरु भएको छ।
त्यसका लागि धुलिखेलमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्सहितको सर्वपक्षीय बैठकले संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको छ ।काभ्रेपलाञ्चोक क्षेत्र नं ४ का सभासद् विदुर सापकोटाले अहिलेको संविधान परिवर्तनकारी शक्तिको संविधान भएको उल्लेख गर्दै समाजमा व्याप्त सबैखालको द्वन्द्वको व्यवस्थापनका लागि नयाँ संविधान निर्माण हुन लागेको बताए।
क्षेत्र नं ३ का सभासद् कञ्चनचन्द्र वादेले अहिलेको संविधान शक्ति सन्तुलनको संविधान भएको धारणा व्यक्त गर्दै यो संविधान पहिचानमा आधारित रहेके बताए ।क्षेत्र नं २ का सभासद् रामहरि सुवेदीले संविधानको मस्यौदालाई ग्रामीण क्षेत्रमा पु