काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ को लागि कुल ४ अर्ब ६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाको २६औं नगरपरिषदले निर्णय गरेबमोजिम आर्थिक वर्ष २०७२/०७३ लागि बजेट विनियोजन गरिएको हो । बजेटमध्ये २ अर्ब ८८ करोड पूँजीगत खर्च र १ अर्ब १८ करोड रुपैयाँ चालू खर्चतर्फ विनियोजित गरिएको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।
कुल बजेटमध्ये आन्तरिक आयबाट १ अर्ब ५९ करोड रुपैयाँ प्राप्त हुने अनुमान महानगरपालिकाको छ । महानगरपालिकाले भूकम्पले ध्वस्त बनाएका ऐतिहासिक एवं पुरातात्विक महत्वका संरचनाको पुनःनिर्माण, सुरक्षित संरचनाको निर्माणलगायतका विषयलाई बजेटमा विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, काष्ठमन्डप निर्माणलगायतका कामबाट पुनःनिर्माणको काम सुरु गर्ने जनाएको छ । यस्तै, काठमाडौमा सन्चालन हुने सार्वजनिक सवारी