प्रधानमन्त्री सुशील कोइरालाद्धारा नामांकन र सीमांकनसहितको लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त

जनकपुर  । प्रधानमन्त्री सुशील कोइरालाले नामांकन र सीमांकनसहितको लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार जनकपुरको राम मन्दिरमा श्री राम युवा कमिटिद्धारा नवनिर्मित टावरको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले नामांकन र सीमांकनसहितको संविधान जारी गर्न सल्लाह भइरहेको र सबै दलहरुबाट सकारात्मक सुझाव आएको बताए ।
जनकपुर ऐतिहासिक, धार्मिक र पर्यटकीय नगरी भएको हिसाबले यस वर्षको बजेटमासमेत जनकपुरको विकासमा यथेष्ट बजेट विनियोजन गरिएको जानकारी दिए ।
यसअघि, जानकी मन्दिरको दर्शन गरेर कार्यक्रम स्थलमा जाँदै गरेका बेला मधेस अधिकार संरक्षण समिति नामक संगठनमा आवद्ध व्यक्तिहरुले प्रधानमन्त्री कोइरालालाई कालोझन्डा देखाएका थिए । इमेजखबरमा समाचार छ ।