अार्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सकियो

काठमाडाै‌- व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेकाे अार्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सकिएको छ।
सामान्य छलफलमा सांसदहरुले उठाएकाे प्रश्नको बिहीबार अर्थमन्त्री महतले जवाफ दिने कार्यक्रम छ। यसअघि व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा प्रतिपक्षी दलका सांसदले प्रस्तुत बजेट परम्परागत शैलीमा ल्याइएको तथा भूकम्प र सङ्क्रमणकालीन राजनीतिलाई सम्बोधन गर्न चुकेको बताएका थिए।
आव २०७२/७३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सभासद्हरुले बजेटले देशको आर्थिक क्रान्तिमा जोड नदिएकाले असन्तुलनकारी देखिएको, श्रम शक्तिको पलायनलाई रोक्ने कार्यक्रम नल्याएकाे तथा निर्वाचन क्षेत्रमा विनियोजन गरिएको बजेट असमान भएको भनी सरकारको आलोचना गरे। सरकारमा रहेकै दलको पृष्ठपोषण हुने गरी ल्याइएको बजेट समावेशीभन्दा पनि पार्टीकरण भएको, आर्थिक निर्भरताभन्दा परनिर्भरमुखी भएको, घाटामा गएका संस्थानलाई सेवामुखी र नाफामुखी बनाउन ध्यान नदिइएको, मुस्लिमको मदर्साको शिक्षाको विषयमा बजेटमा सम्बोधन नभएको, माअाेवादी युद्धका सहिदलाई बेवास्ता गरिएको, बजेट विनियोजनमा प्रत्यक्ष र समानुपातिक सांसदहरुबीचमै विभेद गरिएको, झोला बोकेर योजना आयोग र अर्थ मन्त्रालयमा धाउने सांसदको क्षेत्रमा मात्र बढी बजेट विनियोजन भएको लगायत अाराेप सभासद्हरुकाे थियाे। पहिलेदेखिनै नामकरण भएको ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’लाई बजेट प्रस्तुत गर्दा पुष्पलालको नाम हटाइएकामा सत्ता पक्षकै नेकपा (एमाले)का नेताहरूले आपत्ति जनाउँदै आफूहरुका लागि बजेट ‘निल्नु न ओकल्नु’ जस्तो भएको बताए। 
काठमाडौ‌