अबिरल बर्षाको कारण बबई नदीको सतह बढ्यो, नेपालगञ्ज-गुलरिया सडकखण्ड अवरुद्ध

बर्दिया  ।  बुधबार रातीदेखि परेको अबिरल बर्षाको कारण बबई नदीको सतह बढेको छ । बबई नदीको सतह अहिले खतराको चिन्हभन्दा माथि रहेको छ ।
नदीमा पानीको बहाव बढेपछि बर्दिया नगरपालिका आसपासका १० गाउं डुवानमा परेको छ । बाढीका कारण नेपालगञ्ज-गुलरिया सडकखण्ड अवरुद्ध बनेको छ ।
बाढीले गुलरिया नगरपालिका मोहमदपुर गाविस, देउडाकला, मगरागाडी गाविसका अधिकांश गाउंहरु डुवानमा परेका छन् ।
पानीका कारण सर्वसाधारण बाटोको किनारमा पाल टांगेर बसेका छन् । नदी अझै बढ्न सक्ने खतरा भएकाले अर्लट रहन स्थानिय प्रशासनले स्थानियलाई निर्देशन दिएको छ ।
उता, अविरल बर्षाले हेटौंडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस-३ भालुटारस्थित राजमार्गमा पहिरो जांदा हेटौंडा कुलेखानी सडक अवरुद्ध भएको छ ।
बिहीबार राती गएको पहिरोका कारण हेटौंडाबाट कुलेखानी हुंदै काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरु त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार मौसम अनुकूल भएमा दिउंसोबाट पहिरो हटाई यातयात सेवा सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिए । इमेजखबरमा समाचार छ ।