नवलपरासीको दाउन्नेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८
श्रावण १ गते, २०७२ मा प्रकाशित
नवलपरासी, श्रावण १ । नवलपरासीको दाउन्नेमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
नारायणगढबाट बुटवल जाँदै गरेको ना४ख ५१४३ नम्बरको यात्रुबहाक बस र विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको यु पी३२डी एन ०८५४ नम्बरको ट्रक नवलपरासीको दुम्किबास-५ दाउन्नेमा एकापसमा ठोक्किँदा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
घटनास्थलमै ६ जना र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतकको सनाखन हुन सकेको छैन । इमेजखबरमा समाचार छ ।