प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलनका लागि गएको सभासद विकास लम्सालसहितको टोली बीच बाटोमै रोकिएको छ।
पर्वतका ग्रामिण सडकहरु वर्षाका कारण बन्द हुँदा कास्की र स्याङ्जाहुदै पर्वतको दक्षिण भेगमा पर्ने रानीपानी गाविसमा सुझाब संकलनका लागि गएको सभासद लम्सालसहितको टोली स्याङ्जाको कालिकाकोट-२ डुम्रेभञ्जाङमा आएको पहिरोका कारण रोकिएका हुन।
‘सदरमुकामबाट सिँधै रानीपानी आउने सडक बर्षाका कारण अबरुद्ध हुदा कास्की र स्याङ्जा हुदै जान हिँकेका थियौं,’ सभासद लम्सालले स्याङ्जाको डुम्रेभञ्जाङबाट टेलिफोनमा नागरिकन्यूजसँग भने