प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलनका लागि पर्वतमा गएको सभासदको टोली बीच बाटोमै रोकिए

प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलनका लागि गएको सभासद विकास लम्सालसहितको टोली बीच बाटोमै रोकिएको छ। 
पर्वतका ग्रामिण सडकहरु वर्षाका कारण बन्द हुँदा कास्की र स्याङ्जाहुदै पर्वतको दक्षिण भेगमा पर्ने रानीपानी गाविसमा सुझाब संकलनका लागि गएको सभासद लम्सालसहितको टोली स्याङ्जाको कालिकाकोट-२ डुम्रेभञ्जाङमा आएको पहिरोका कारण रोकिएका हुन।
‘सदरमुकामबाट सिँधै रानीपानी आउने सडक बर्षाका कारण अबरुद्ध हुदा कास्की र स्याङ्जा हुदै जान हिँकेका थियौं,’ सभासद लम्सालले स्याङ्जाको डुम्रेभञ्जाङबाट टेलिफोनमा नागरिकन्यूजसँग भने