बर्दियाका मुस्लिम समुदायले नेपाललाई हिन्दूराष्ट्र कायम राख्न माग गरे

बर्दिया, श्रावण ३ । बर्दियाका मुस्लिम समुदायले नेपाललाई हिन्दूराष्ट्र कायम राख्न माग गरेका छन् ।
संविधानको मस्यौदा लिएर गाउँ पुगेका सभासदहरुको टोलीलाई मुस्लिमहरुले नेपाललाई धर्म निरपेक्ष बनाउँदा भविष्यमा धार्मिक द्वन्द्व बढ्न सक्ने भन्दै हिन्दू राष्ट्र कायम राख्न माग गरेका हुन् ।
बर्दियामा कुनै क्षेत्रका मतदाताले संविधानको मस्यौदाको स्वागत गरेका छन् भने कतै विरोध भएको छ । 
मौलिक हक, नगरिकता, जातीय विभेद, संघीयता, हिन्दू राष्ट्रलगायतका विषयमा सर्वसाधारणले सुझाव दिएका छन् । इमेजखबरमा समाचार छ ।