नेपाली सेनाद्धारा अख्तियारबाट कारबाही गर्ने प्रावधान हटाउन माग

नेपाली सेनाले राष्ट्रिय सुरक्षा परिषदमा प्रधान सेनापति सदस्य हुनुपर्ने माग गरेको छ। नेपालको संविधान, २०७२ (प्रारम्भिक मस्यौदा) सम्बन्धमा नेपाली सेनाको राय प्रस्तुत गर्दै यस्तो माग गरेको हो।
प्रधानसेनापति गौरवशमशेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर यस्तो माग गरेका हुन्। त्यस्तै सेनाले नेपाली सेनाको पदपूर्ति, नियुक्ति र बढुवासम्बन्धि ब्यवस्था सैनिक ऐन अनुसार हुने भएकाले यसमा लोक सेवा आयोगको संलग्नता आवश्यक नरहेको, प्रधान सेनापतिको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुनुपर्ने आवाज उठाएको छ।
सैनिक ऐन लागू हुने ब्यक्तिहरुलाइ सैनिक ऐन अनुसार नै कडा कारबाही हुने भएकाले दोहोरो दण्ड सजाय गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भन्दै सेनाले उनीहरुलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारबाही गरिरहनु नपर्ने बताएको छ।
यसै सर्न्दभमा भोलि जङगी अड्डामा पृतनापतिहरुस