जुम्लामा सुरक्षा घेराभित्र सुझाव संकलन, सुझाव दिन नपाएर फर्के जनता

जुम्ला – चन्दननाथ नगरपालिका ६ का होमबहादुर सिंहले संविधानको प्रारम्भीक मस्यौदा माथि सुझाव दिने तयारी थालेको तिन दिन भइसक्यो ।
उनले सरकारले तोके वमोजिम साउन ४ गतेको लागि सुझाव दिन टिपोर्ट समेत वनाएका थिए । तर सुझाव संकलन गर्ने स्थल नै सुरक्षा घेरामा देखिएपछि भित्र पसेर सुझाव दिने आट सम्म गर्न सकेनन् । उनले भने, जनताको सुझाव संकलनका लागि सुरक्षा घेरा आवश्यक हुँदैनथ्यो । तर सुरक्षा घेरा लगाएर जनतालाई सुझाव दिनको लागि वन्देज गरिएको छ  ।
उनले सभासदले औपचारिकताका लागि मात्रै सुझाव संकलन गरेको आरोप लगाए ।
सिजाको धापा गाविसवाट सुझाव संकलनका लागि आएका राजजङ्घ हमालले पनि कार्यक्रममा सुझाव राख्न पाएनन् । उनले मस्यौदै नपाएकोले कार्यक्रम भित्र गरिने कार्यक्रमको मेलोमेसो पाएनन । तैपनि रेडियो सुनकै आधारमा केहि तयारी गरेका थिए ।
छलफलमा नेता र कर्मचारीकै दवदवा रहेको थियो । साघुरो हलमा छलफल भइरहेकोले सवैसाधारण नागरिक भित्र पस्न पाएनन् । भित्र पस्नु नपाउनुका साथै वाहिरै सुरक्षा घेरा देखि त्रासित थिए । ईकन्तिपुरमा समाचार छ ।