हेटौंडामा सुझाव संकलनमा अवरोध पुर्‍याउन खोज्दा झडप, राप्रपा नेपालका सभासद गणेश थापा घाइते

हेटौंडा  – हेटौंडाको पल्पसा हलमा भइरहेको सुझाव संकलनमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीसँगको झडपमा राप्रपा नेपालका सभासद गणेश थापा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फ) अध्यक्ष समेत हुन ।
पल्पसा हलमा भइरहेको सुझाव संकलनमा अवरोध गर्न गएका राप्रपा नेपालका कार्यकर्तालाई प्रहरीले रोकेपछि दुवै पक्षबीच झडप भएको थियो । प्रदर्शनकारीको नेतृत्व थापाले गरेका थिए । झडपको क्रममा सभासद गणेश थापा, उनका छोरा अभिषेक थापा, राप्रपा नेपाल अध्यक्ष कमल थापा पत्नी प्रलितासहित केही कार्यकर्ता घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ईकन्तिपुरमा समाचार छ ।