पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा संविधानको प्रारम्भिक मस्यौदा संशोधन गर्न सुझाव
श्रावण ६ गते, २०७२ मा प्रकाशित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको प्रारम्भिक मस्यौदा संशोधन गर्न सुझाव दिएका छन् ।
सभासदहरुले नागरिकका सुझाव संकलन गरेको भोलिपल्टै पूर्वराजा शाहले पनि मस्यौदा संशोधन गर्न सुझाव दिएका हुन ।
काठमाडौंको हनुमानढोकास्थित महादेवस्थानमा गरिएको क्षमा पुजामा सहभागी भएका पूर्वराजा शाहले जनताका मर्म र भावनालाई संविधान समेट्नुपर्ने बताए ।
उनले संविधानमा कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै आम जनताको चाहना पनि यही रहेको दाबी गरे । पूर्वराजा ज्ञानेन्द्र झन्डै एक घण्टा क्षमा पुजामा सहभागी थिए ।
त्यसपछि उनले गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पुर्याएका हनुमानढोकाका परम्परागत धरोहरको अवलोकन गरे ।
पूर्वराजा हनुमानढोका पुग्दा सुरक्षाकर्मी र स्वयम्सेवकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । इमेजखबरमा समाचार छ ।