राप्रपा नेपालले आह्वान गरेको बन्द फिर्ता

राप्रपा नेपालले गरेको हेटौंडा बन्द अपरान्हबाट खुलेको छ । प्रमुख जिल्ला अधिकारीले आक्रमणमा सम्लग्नलाई कारबाही गर्ने आश्वासन  दिएपछि अपरान्ह ४ बजेबाट बन्द खुलेको हो ।
 
हिजो सुझाव संकलनका क्रममा मकवानपुरमा अध्यक्ष कमल थापासहितका नेता तथा कार्यकर्तामाथि आक्रमण भएको थियो ।
 
सभासद गणेश थापाको टाउको फुटेको थियो । त्यसको विरोधमा आज उसले बिहानैदेखि हेटौंडा बन्द आब्हान गरेको थियो ।  
राप्रपा नेपालले  आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित भएको छ । 
 
प्रस्ताविक संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा आफूहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै सो पार्टीले आह्वान गरेको बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको हो । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीका साधन, उद्योगधन्दा, कलकारखाना तथा विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । 
 
बन्दका कारण सवारीसाधन सञ्चालनमा नआउँदा सबैभन्दा बढी यात्रु मर्कामा परेका छन् । रासस