बुधबार राति १०ः१४ बजे काठमाडौं उपत्यका र वरपरका जिल्लाहरु धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा परकम्पको धक्का अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दू भएको ४.६ को भूकम्पले राजधानी र आसपासका जिल्लाई हल्लाएको हो। आवाज सहित परकम्पको धक्काले हल्लाएपछि काठमाठौंबासी घर बाहिर निस्केका थिए।
हिजो पनि दोलखा केन्द्रविन्दू भएको ४.३ म्याग्निच्युडको परकम्प गएको थियो।
राजधानी आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार राति भूकम्पको धक्का महसुस भएको छ। वैशाख १२ गतेको ठूलो भूकम्प पछि परकम्प आउने क्रम निरन्तर जारी छ। लामो समयपछि फेरि भूकम्पको महसुस भएको हो।
बुधबार राति सवा १० बजेर १४ मिनेटमा गएको भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताए। काठमाडौंको सुन्दरीजललाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पले काठमाडौँका अधिकांश भागमा भूकम्पको धक्का महसूस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँबाट २० किलोमिटर उत्तरपूर्व केन्द्र सुन्दरीजल, सिन्धुपाल्चोकको सीमामा पर्छ। सेतोपाटीमा समाचार छ ।
राजधानी आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार राति भूकम्पको धक्का महसुस भएको छ।
वैशाख १२ गतेको ठूलो भूकम्प पछि परकम्प आउने क्रम निरन्तर जारी छ। भुकम्पको ठुलो झट्का पछि मानिसहरु घर बाहिर भागाभाग गरेका छन । लामो समयपछि फेरि भूकम्पको महसुस भएको हो।