बहुविवाह आरोपमा लम्साल दम्पती पक्राउ

बहुविवाह आरोपमा लम्साल दम्पती पक्राउ
७ साउन, इलाम । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ ।
श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको आरोपमा कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी श्रीमती वेदकुमारी योगीलाई पक्राउ परेका हुन् ।
दुई दिनअघि श्रीमानले दोस्रो विवाह गरेको भन्दै लम्सालकी जेठी श्रीमती प्रमिलाले उनीविरुद्ध इलाका प्रहरी कार्यालय पशुपतिनगरमा किटानी जाहेरी दिएकी थिइन् ।
प्रमिलाको जाहेरीपछि उनीहरुलाई गएराति घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखिएको र आवश्यक अनुसन्धानपछि बहुविवाहको आरोपमा मुद्दा चलाइने जानकारी प्रहरी निरीक्षक पदम थपलियाले दिए । रासस