यस्तो आउँदैछ चिरञ्जीबीको पहिलो मौद्रिक नीति

 काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले १३औं मौद्रिक नीति सार्वजानिक गर्दैछ । गभर्नर डा। चिरञ्जवीबी नेपालको यो पहिलो मौद्रिक नीति हो । नेपालले कसिला व्यवस्थाहरुलाई लचिलो बनाएर मौद्रिक नीति सार्वजानिक गर्दैछन् ।
निवर्तमान गभर्नर डा। युवराज खतिवडाले आफु्नो कार्यकाल अवधिभर कसिलो मौद्रिक नीति ल्याएका थिए ।
निजी क्षेत्र मैत्री भनेर चिनीने नयाँ गभर्नर नेपालले यसअघि भएका कडा व्यवस्थालाई केही खुकुलो बनाउनेछन् । गभर्नर नियुक्ति भएदेखि नै नेपालले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताउँदै आएका छन् ।साढे १ बजे राजधानीको र्‍याडिसन होटलमा सार्वजानिक हुने मौद्रिक नीतिले १२ बजे नै अन्तिम रुप पाइसकेको छ । मौद्रिक नीतिले अनिवार्य नगद मौज्दात ९सीआरआर०को सीमा ०।५ देखि १ प्रतिशतसम्म बढाइएको स्रोतले जानकारी दियो ।
बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता कम गर्न राष्ट्र बैंकले सीआरआर बढाउने निर्णय गरेको हो ।
त्यसैगरी, विगतमा क्षेत्रनै र ऋण लगानी गर्नुपर्ने सीमा तोकेर दिइएको निर्देशनमा केही परिमार्जन भएको स्रोतले जानकारी दियो ।
त्यसैगरी, सीइओ र सञ्चालकको कार्यकालका सम्बन्धमा पनि  नीति केही लचिलो बनेको। स्रोतले जानकारी दियो ।
त्यसैगरी, भूकम्पपछिको पुननिर्माण र भूकम्प प्रभावित क्षेत्रमा वित्तीय सेवा प्रभावकारी बनाउनेमा मौद्रिक नीति केन्द्रित रहनेछ । भूकम्पको पुननिर्माण र प्रभासिवत क्षेत्रमा वित्तीय सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई मौद्रिक नीतिले सहुलियत दिने घोषणा गर्नेछ ।
मौद्रिक नीतिले मूल्यवृद्वि साढे ८ देखि ९ प्रतिशतमा कायम राख्ने लक्ष्य लिने छ। अर्थमन्त्रीले बजेट भाषणमा मुल्यवृद्विको लक्ष्य उल्लेख नगरी सो लक्ष्य तोक्ने काम गभर्नरलार्इ जिम्मा दिएका थिए । भूकम्पले आक्रान्त बनेको मुलुकमा पुननिर्माणका लागि अरबौं रूपैयाँ खर्च गरिने भएकाले मुल्यवृद्विले दोहोरो अंक भेट्ने अर्थशास्त्रीहरूले दाबी गर्दै आएका छन् ।