राप्रपा नेपाल कार्यकारी प्रमुखको पक्षमा, एमाले र एमाओवादीलाई साथ दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको अध्याधिक मत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देखिएकोले यसका पक्षधर एमाले र एमाओवादी अडिग भएर उभिए आफ्नो पार्टीले साथ दिने बताए।
थिापाले एमाले र एमाओवादी अडिग भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानसभामा दुई तिहाई बहुमत पुग्ने दावी गर्दै नेपाली काग्रेसलाई लचिलो भएर प्रस्तुत हुन आग्रह गरे । बिहीबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले एमाले र एमाओवादी तयार भए आफ्नो दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बताए । थापाले जनताको ठूलो मत हिन्दु राष्ट्रको पक्षमा देखिएकोले सबै धर्मलाई बराबरी अवसर दिने गरी धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनु पर्ने भन्दै त्यसकोलागि अन्तिम समयसम्म पनि लडिरहने दाबी गरे।
उनले पार्टीले उठाएको हिन्दु राष्ट्रको पक्षमा जनलहर देखि आत्तिएर अन्तिम घडिमा आफूहरुमाथि आक्रमण गरिएको दावी गर्दै अब हिन्दु धर्मलाई कसैले उपेक्षा गर्न नसक्ने बताए। उनले भने,’अन्तिम समयसम्म पनि लडिरहन्छौ । बुधवारबाट देशब्यापी जनचेतना कार्यक्रम सञ्चालन हुन्छ । साउनको तेस्रो सातादेखि राजधानी केन्द्रित शसक्त संघर्ष गर्छौ ।’
अध्यक्ष थापाले आफूहरु चाडो भन्दा चाडो संविधान बनोस भन्ने पक्षमारहेको स्पष्ट पार्दै विधि र प्रकृयाबाट हुने निर्णयलार्य स्विकार्ने बताए । उनले भने, ‘साउन महिनाभित्रमा संविधान जारी हुनु पर्छ । विधी र प्रक्रियाबाट हुने निर्णय मान्छौ । प्रक्रियामा कुनै अवरोध गर्दैनौ तर आफ्नो एजेण्डा स्थापित गर्न अन्तिम समयसम्म संघर्ष गरिरहन्छौं ।’
थापाले जनताको सुझाव संकलन कार्यक्रम निरर्थक नाटक मात्र भएकोले आफूहरु त्यसमा सहभागि नभए पनि आफूहरुले विरोध गरेर सुझाव दिएको बताए ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणप्रति लक्षित गर्दै उनले भने, ‘संविधान नलेख्ने षडयन्त्र सुरु भईसकेको छ । नयाँ दिल्लीमा के के झारफुक भएको छ । त्यसले असर गर्ला ।’उनले नागरिकको व्यवस्थामा र, वाको विवाद निरर्थक भन्दै नेपाली नागरिकले नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताए ।
थापाले अहिले संविधान निर्माणको चटारो भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकतो विषय केही ओझेलमा परेको जस्तो देखिएपनि सम्भवत संविधान निर्माण भएपनि पार्टी एकता हुने विश्वास ब्यक्त गरे । नागरिकन्युजमा समाचार छ ।