गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना जोड्ने नेपालमै नमूना बनेको मनकामना दर्शन प्रालिले सन्चालनमा ल्याएको केबलकारमा भूकम्पपछि यात्रु घटेका छन् ।
गत वैशाख १२ अघिसम्म समान्यतया दैनिक १५ सयदेखि दुई हजार यात्रु चढ्ने केबलकारमा अहिले मुस्लिले पाँच सय यात्रु पुग्छन् । आठ सयभन्दा बढी यात्रु भएमात्र केबलकार नाफामा चल्छ। वैशाख १२ यता केबलकार नियमितजसो घाटामा चलिरहेको स्टेसन म्यानेजर डीएन कायस्थले बताए ।
अन्तर्राष्ट्रियस्तरमासमेत सफल प्रोजेक्टको रुपमा परिचय बनाएको मनकामना केबलकारले भूकम्पपछि यात्रु संख्या कम हुँदासमेत सेवा दिन भने छाडेको छैन । भूकम्पले केबलकारमा कुनै क्षति नभएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
आषाढ महिनामा मलमास पर्दा र श्रावण महिनामा बलि नचढ्दा पनि मनकामनामा भक्तजन घटेपछि केबलकारमा यात्रु घटेका हुन् । यात्रु घटेसँगै