भूकम्पका पराकम्पन आउनेक्रम अझै रोकिएन, दोलखा केन्द्रबिन्दू भएर फेरि दुई धक्का

काठमाडौं  । गत वैशाख १२ को शक्तिशाली  गोरखा भूकम्प पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शनिरबारमात्रै राति साढे ८ बजेसम्म ४ म्याग्निच्यूडमाथिको दुईओटा पराकम्पन मापन भएको छ । शनिबार राति ८ बजेर ४ मिनेटमा दोलखाको मागापौवा केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
यसअघि, शनिबारै बिहानै (शुक्रबार राति) १२ बजेर ५ मिनेटमा दोलखा नै केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ को शक्तिशाली भूकम्पपछि राष्ट्रिय भूकम्प मापन केन्द्रले हालसम्म ४ म्याग्निच्यूडमाथिको ३५६ ओटा पराकम्पन मापन गरिसकेको छ । इमेजखबरमा समाचार छ ।