काठमाडौं । संविधानको मस्यौदामा जनताले दिएका मूख्य मूख्य विषय समेटन प्रमुख दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शिर्ष नेताहरुको बैठकले जनताको सुझाव कस्ता छन्, त्यो केलाएर बेलुकासम्म शीर्ष नेताहरुलाई दिन प्रमुख सचेतकहरुलाई भनिएको छ ।
प्रमुख सचेतकहरुले ती विषय तय गरेपछि शिर्ष नेताको बैठकले थप निर्णय गर्ने सहमति दलहरुबीच भएको छ ।
तर यसरी विषयहरु समेट्दा पनि साउन मसान्त भने नकटाउने सहमति नेताहरुले गरेका छन् ।
नेपाली कांग्रेसले भने धर्म निरपेक्षताको ठाउँमा सर्व धर्म समभाव राख्न र संसदीय व्यवस्थाले नै कार्यकारी चयनमा समावेसिता हुने भएकाले त्यसलाई परिवर्तन नगर्ने प्रस्ताव बैठकमा राखेको थियो । इमेजखबरमा समाचार छ ।