दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १३ स्थित चर्नावती खोलामा रहेको पुल बाढीले बगाएको छ ।
पुष्पलाल मार्गमा पर्ने उक्त खोलाको पुल बगाएपछि काठमाडौँबाट दोलखा-रामेछाप-ओखलढुङ्गा र सोलुखुम्बु जाने यात्रुलाई समस्या परेको छ ।
शनिबार बर्षासँगै सेलाङ खोलामा आएको बाढीले पुल बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सन्त लामाले जानकारी दिए ।
बाढीले पुलसँगै रहेको एउटा फर्निचर उद्योग पनि बगाएको प्रहरीले जनाएको छ ।
लामोसाँघु जिरी सडक निर्माणका क्रममा स्वीस सरकारले बनाइदिएको उक्त पुल ०४४ सालमा पनि बाढी बगाएको थियो ।
प्रहरीले सो क्षेत्र हुँदै राजधानी र राजधानीबाट जिल्ला आउने सवारी साधनलाई खुर्कोट क्षेत्रतर्फ ओहोरदोहोर गर्न आग्रह गरेको छ ।
डिभिजन सडक कार्यालय दोलखाका कार्यालय प्रमुख कमलेश कर्णले छिटै सडक सञ्चालनको व्यवस्था गरिने जानकारी दिए । इमेजखबरमा समाचार छ ।