१६ बुँदे भन्दा दायाँबायाँ लाग्ने वित्तिकै तत्काल संविधान संविधान जारी हुन नसक्ने एमाले ओलीको धारणा

काठमाडौं  – एमाले अध्यक्ष केपी शर्मा ओलीले  जनताबाट आएका सुझावलाई अधिकतम समट्ने प्रयास गरे पनि मुलत: १६ बुँदे सहमति अनुसार नै संविधान जारी हुने बताएका छन् ।
पार्टी केन्द्रीय कमिटीको आइतबारबाट सुरु बैठकमा  सम्बोधन गर्दै ओलीले  १६ बुँदे भन्दा दायाँबायाँ लाग्ने वित्तिकै तत्काल संविधान संविधान जारी हुन नसक्ने धारणा राखे । त्यसैले अहिलेको मुख्य प्राथमिकता संविधान छिटो जारी गर्नेतर्फ  केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
जनमत संकलनमा आएका सुझावहरुलाई दलीय सहमति भएको अवस्थामा मात्र समेटेर अघि बढ्न सकिने ओलीले उल्लेख गरे । कुनै एउटा दलले मात्र चाहेर संविधान जारी हुन नसक्ने भएकाले शक्ति सन्तुलनलाई पनि ख्याल गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको ओलीको भनाइ थियो ।
शनिबारको पोलिटब्यूरो र आइतबारको केन्द्रीय कमिटीमा बोल्ने अधिकांश सदस्यहरुले जनताका सुझाव अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी छोड्न नहुने धारणा राखेका थिए । एमाले  चुनावमा बेलामा नै राख्दै आएको उक्त धारणा परिवर्तन गरिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका थिए ।
ओलीले त्यसलाई समेत सम्बोधन गर्दै पार्टीको अडान ठिक हुदा हुदै पनि संविधान जारी गर्नुपर्ने बाध्यताका कारण सहमति गर्नुपरेको उल्लेख गरे । कांग्रेस फरक कित्तामा उभिने वित्तिकै दुई तिहाई नै नपुग्ने अवस्था रहेकाले उसको समेत पोजिसनलाई ख्याल गरेर अघि बढ्नुपरेको ओलीको भनाइ थियो  ।