रसुवामा भूकम्पपछि ठूला जलविद्युत आयोजनाहरुको काम ठप्प

रसुवा  । ठेकेदार कम्पनीहरुले समयमै कार्य संचालन नगर्दा रसुवामा निर्माणाधिन अधिकांस जलबिद्युत आयोजनाहरु अझै पनि संचालनमा आउन सकेका छैनन् ।
भूकम्प गएको तीन महिना बिति सक्दा पनि आयोजना निमार्णको ठेक्का लिने चिनियाँ दुई कम्पनी काममा नर्फकेकाले रसुवाका दुई ठुला आयोजना रसुवागढी र त्रिशुली थ्रीए संचालनमा आउन नसकेको हो ।
यसैगरि २ सय १६ मेघा वाटको अपर त्रिशुलीको निर्माण क्षेत्रमा भूकम्पले पहिरो गई सडक सुचारु हुन नसक्दा आयोजनाको कार्य अगाडी बढ्न सकेको छैन  ।
१ सय ११ मेघावाटको रसुवागढी जलबिद्युत आयोजनामा सिभिल तथा हाईड्रो मेकानिकल ठेकेदार चाईना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन र ६० मेघा वाटको मथिल्लो त्रिशुली एमा चाईना गजुवा गु्रप कर्पोरेसनले काम गर्दै आएका हुन ।
उता भूकम्प गएको केहि समय पछि नै रसुवामा निर्माणाधिन जलबिद्युत आयोजना मध्ये हाल सान्जेन र माथिल्लो सान्जेन गरि ५७ दशमलब ३ मेघा वाटको आयोजना भने तिब्र रुपमा कार्य भइरहेको आयोजनाका प्रबन्ध निर्देशक गिरिराज अधिकारीले जानकारी दिए ।
रसुवागढी जलबिद्युत आयोजनाले सन २०१७ को मध्य सम्ममा १ सय ११ मेघा वाट बिद्युत उत्पादन गर्दै छ भने त्रिशुली थ्रि एले ६० मेघा वाट, अपर त्रिशुली एकले २ सय १६ मेघा वाट र सान्जेन जलबिद्युत आयोजनाले ५७ दशमलब तीन मेघावाट बिद्युत उत्पादन गर्दै छन् ।
ठेकेदार कम्पनीले निमार्ण कार्यलाई समयमै अगाडि बढाएमा आगामी पाँच बर्ष भित्रमा रसुवा जिल्लामा मात्र करिब पाँच सय मेघावाट बिद्युत उत्पादन हुने छ । रसुवा जिल्लामा हाल छ वटा जलबिद्युत आयोजनाहरु निमार्णाधिन अबस्थामा रहेका छन् ।  इमेजखबरमा समाचार छ ।