भ्रष्टाचारको पूरानो मुद्दामा जेलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेलाई राष्ट्रपति रामवरण यादवले माफी दिएका छन्।
उनीसहित २१ जनालाई यादवले माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले पाण्डेसहित २१ जनाको सजाय तथा जरीवाना माफी गरेका छन्।
पाण्डेलाई गत चैत ३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित निवासबाट पक्राउ गरेको थियाे।
पुनरावेदन अदालतले २०३९ सालमा भ्रष्टाचार मुद्दामा गरेको जरिवाना र कैद सजाय मध्ये १ वर्ष ९ महिना २७ दिन भुक्तान गर्न बाँकी रहेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा परेको थियो।
पक्राउ परेदेखि नै उनी कारागारमा बसेका छैनन्। मुटुको समस्या देखाएर उनी कमलपोखरीस्थित एक अस्पतालमा बस्दै आएका थिए। खानेपानी तथा ढल निकास विभाग अन्तर्गत लेखा अधिकृत रहेका बेला पाण्डेलाई २०४० सालमा अदालतले भ्रष्टाचारी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो ।
तत्कालीन राजा विरेन्द्रले हुकुम प्रमांगीबाट उनको उनको कैद मिनाहा भएको थियो । सेतोपाटीमा समाचार छ ।