भैरहवामा करदाताको सूचना नष्ट हुने सम्भावनालाई ध्यानमा राखेर पहिलो पटक डिजाष्टर रिकोभरी सेन्टरको स्थापना

भैरहवा – प्राकृतिक प्रकोप लगायतका कारणले करदाताको सूचना नष्ट हुने सम्भावनालाई ध्यानमा राखेर आन्तरिक राजश्व विभागले पहिलो पटक भैरहवामा डिजाष्टर रिकोभरी सेन्टरको स्थापना गरेको छ ।
नेपाल-जर्मन राजश्व प्रशासन सहयोग परियोजनाबाट संयुक्त रुपमा भैरहवामा सोमबार यस सेन्टरको स्थापना भएको हो । यो केन्द्र सञ्चालनमा आएपछि आन्तरिक राजस्व बिभागले सवै करदाताको तथ्याङ्कलाई अनटाइम ब्याकअप सिस्टम मार्फत इन्टरनेटमा आधारीत सबै सेवालाई बिना अवरोध सञ्चालन गर्न सक्ने निश्चितता प्रदान गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत महाराजाप्रसाद कोइरालाले जानकारी दिए ।  
आन्तरिक राजश्व विभागले सन् २०१४ मा काठमाडौंभन्दा भिन्न भुकम्पीय क्षेत्र र बाढी पहिरोको जोखिम नभएको स्थानमा