संविधानको पहिलो मस्यौदामाथि जनताको राय सहितको प्रतिवेदन संविधानसभामा पेस

काठमाडौँ – नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानको पहिलो मस्यौदामाथि जनताको राय सहितको प्रतिवेदन मंगलबार संविधानसभामा पेस भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । 
संविधानको पहिलो मस्यौदामा सर्वसाधारणले दिएका सुझावको सारसंग्रह सहितको प्रतिवेदन पेस हुँदा संघीय समाजवादी फोरम सहित मधेसकेन्द्रित दलका सभासद्हरुले बैठक अवरुद्ध गर्ने प्रयास गरेका थिए । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिका सभापति प्रमिला राणालाई प्रतिवेदन पेस गर्न समय दिनासाथ ती दलका सभासद्हरुले नाराबाजी गरेका हुन् । संविधानसभामा हुने कुनैपनि अवरोध अस्वीकार्य रहेको दोहोर्‍याउदै सभाध्यक्ष नेम्वाङले नाराबाजीकै बीच बैठकको कारावही अघि बढाएका हुन् ।