मधेस केन्द्रीत दलहरुले प्रमुख चार दलले बोलाएको बैठक अस्विकार गरे

काठमाडौं  । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट प्राप्त राय सुझाव सम्बोधन गर्ने विषयमा छलफल गर्न प्रमुख चार दलले बोलाएको बैठक केही मधेस केन्द्रीत दलहरुले अस्विकार गरेका छन् ।
मस्यौदाप्रति असहमति जनाउँदै आएका केही मधेस केन्द्रीत दलहरुसँग प्रमुख चार दलले बुधबार वार्ता गर्ने बताएका थिए ।
तर ती दलले बैठकमा बस्न अस्विकार गरेपछि बुधबार बस्ने भनेको बैठक बस्न नसकेको हो ।
मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका दल संविधानको मस्यौदाप्रति असहमति जनाउँदै आएका छन् ।
ती दलका नेताहरुले पूर्वसहमति कार्यान्वयन नभए वार्तामा बस्नुको औचित्य नभएको बताएका छन् । तर प्रमुख चार दलका नेताहरुले भने उनीहरुसँग वार्ताको प्रयास भइरहेको बताएका छन् । इमेजखबरमा समाचार छ ।