पहिरोका कारण पोखरा-बाग्लुङ राजमार्ग अबरुद्ध

पोखरा । बुधबार रातिदेखि अबरुद्ध बनेको पोखरा-बाग्लुङ सडक खुलाउन शुक्रबार बिहानैदेखि प्रयास जारी राखिएको छ ।
पहिरोले धौलागिरी अञ्चललाई जोड्ने पोखरा-बाग्लुङ राजमार्ग अबरुद्ध भएको हो । पहिरोका कारण सबैभन्दा बढी क्षति पुगेको पर्वतको तिलहार गाविस-९ बेतनी र अँधेरी खोलामा डाइर्भसन बनाई शुक्रबार साँझसम्म सडक सुचारु गरिने सडक डिभिजन कार्यालय बाग्लुङले जनाएको छ ।
पर्वतको बेतनी र अँधेरी खोलामा गएको पहिरोले झन्डै सय मिटर सडक बगाएको छ । सडकभन्दा धेरै माथिबाट आएको पहिरोले बेतनीमा झन्डै ४० मिटर र अँधेरी खोलामा ६० मिटर जति सडक बगाएको छ  ।

सडक बगाएको स्थानमा सडक विभाग बाग्लुङबाट दुई वटा डोजर र निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत् आयोजनाका डोजर मार्फत् पहिरो हटाउने तथा डाइर्भसन बनाउने काम शुरु भएको छ । पहिरोले कल्र्भट बगाएको स्थानमा ह्युम पाइप राखेर डाइभर्सनमार्फत् अस्थायीरुपमा सडक खुलाउने प्रयास भइरहेको डिभिजन प्रमुख राजेश पौडेलले बताए । इमेजखबरमा समाचार छ ।