काठमाडौं । कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई क्रिया खर्चबापत तत्काल ४०-४० हजार रुपैयाँ र बाँकी रकम पछि उपलब्ध गराउने निर्णय हो ।
साथै, मन्त्रिपरिषदले सार्वजनिक पदाधिकारीहरुको वैदेशिक भ्रमण र उपहारसम्बन्धी नयाँ मापदन्ड पारित गरेको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
यस्तै, राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा निर्मला आचार्य, केन्द्रीय बाल कल्याण समितिको सदस्यमा खकिन्द्रबहादुर भण्डारी, साँस्कृतिक संस्थानको महाप्रबन्धममा राजेश थापा र नलसिंगाढ जलशाययुक्त जलविद्युत् आयोजनको कार्यकारी निर्देशकमा मोतीबहादुर कुँवरलाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । इमेजखबरमा समाचार छ ।