अविरल वर्षाले धनगढीका कयौ क्षेत्र डुबानमा ! कर्णाली नदीमा पानीको सतह बढ्दै, तटीय क्षेत्रमा बसेका बासिन्दा डुबानमा पर्ने डरले चिन्तित

धनगढी –  धनगढी नगरपालिकाको चटकपुर, विशालनगर, ओमशान्ति टोल, सन्तोसी टोल, क्याम्पस रोड, हिव नगर  हसनपुर, बजार लगायतका क्षेत्र डुबानमा परेको छ । नगरपालिकाले ढल निकास प्रवन्ध नगरेकोले धनगढी डुबान परेको हो । केही परिवार विस्थापित भएका छन् ।
डुबानमा परेका घर भित्रका लत्ताकपडा, खाद्यन्न र इलोक्ट्रोनिक्स समाग्री भिजेका छन् । विशालनगरका एकसय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई प्रहरीले  उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । कलकारखाना, उद्योग र बजार खुल्न सकेको छैन । विद्यार्थीहरु स्कुल समेत जान पाएनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विक्रम चन्दले धनगढी डुबान क्षेत्रमा तीनसय प्रहरी परिचालन गरेको जनाएको छ । पानी रोकिएकाले डुबानको पानी बिस्तारै घट्दै गएको उनले बताए ।
त्यसैगरी  कैलालीको मोहना र कर्णाली  नदीमा पानीको सतह बढ्दै गएको छ । उक्त नदीका तटीय क्षेत्रमा बसेका बासिन्दा डुबानमा पर्ने डरले चिन्तित छन् ।
कर्णाली र मोहना तटीय क्षेत्रमा जिल्लाका दुई दर्जन भन्दा बढी गाविस पर्छन् ।