कास्कीको भदौरे तामागीमा गएको पहिरोका कारण भदौरेका अन्य गाउँहरु पनि खतरामा

पोखरा  । यही श्रावण १३ गते कास्कीको भदौरे तामागीमा गएको पहिरोका कारण भदौरेका अन्य गाउँहरु पनि खतरामा परेका छन् ।
भदौरे तामागीको वडा नम्बर-५ का घाँटीछिना, सिमपानी, ठूलाखेतलगायतका गाउँ खतरामा परेका छन् । अविरल वर्षा र त्यसपछि आएको पहिरोका कारण भदौरे तामागी-५ ठूलाखेतका बासिन्दा सुत्न सकेका छैनन् ।
ठूलाखेतदेखि करिब १ किलोमिटरमाथिको शान्ते वन क्षेत्रमा ठूलो ढिस्को चर्किएका कारण उनीहरु रातभर सुत्न नसकेका हुन् । करिब १० वर्ष पहिलेदेखि चर्किएको भएपनि वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि अझ बढी चर्किएको स्थानीयले बताए ।
करिब ७५ घर रहेको ठूलाखेत गाउँलाई सरक्षणका लागि सरकारीस्तरमा कुनै पहल नभएको गुनासो पनि उनीहरुले गरेका छन् ।
कास्कीको सिल्दजुरेको तप्राङ, सल्यान, थुमाको डाँडाको केउरानी, माझठाना, आर्बाको विजयपुर, धान्दु्रकको चानेखोला, मिजुरेको गोर्जे, दाङ्सिङको नेपाने, लुम्ले, सार्दीखोला, भदौरे तामागीको ठूलाखेत, सिम्पानी, घाटिछिनालगायतका गाउँ पहिरोको जोखिम रहेका क्षेत्र हुन्  । इमेजखबरमा समाचार छ ।