मधेसवादी दलहरु मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग नजिक हुन थाले

काठमाडौं  । एमाओवादीसँग लामो समयदेखि सहकार्य गर्दै आएका मधेसवादी दलहरु प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिका आधारमा संविधानको मस्यौदा तयार पारिएपछि नयाँ मोर्चाबन्दीमा अग्रसर भएका छन् ।
१६ बुँदे सहमतिकै कारण माओवादीसँग टाढिएका मधेसवादी दलहरु मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग नजिक हुन थालेका छन् । संघीयतामा एमाओवादीले धोका दिएको भन्दै आएका मधेसवादी दलहरु संविधानसभा विघटन गर्नुपर्ने माग राख्दै आएको नेकपा-माओवादीसँग कार्यगत एकताको तयारीमा छन् ।
सद्भावना पार्टीसहित चार मधेसवादी दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार नेकपा