काठमाडौं । एसएलसीको पुरक परीक्षा बुधबार(आज)बाट सुरु भएको छ ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थी पुरक परीक्षामा सहभागी भएका हुन् । पुरक परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ ।
परीक्षामा १ लाख २४ हजार २ सय ५१ जना सहभागी भएका छन् । त्यसका लागि देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा साउन २७ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । इमेजखबरमा समाचार छ ।