पश्चिम नेपालका सिकलसेल एनिमिया रोगका बिरामीहरुलाई नेपागन्जको भेरी अञ्चल अस्पतालले निःशूल्क उपचार सेवा सुरू गरेको छ।
आर्थिक अभावका कारण गरिब तथा बिपन्न परिबारका सिकलसेल रोग लागेका बिरामीहरुले सहज उपचार सेवा पाउन सकेका थिएनन्। गरिब तथा बिपन्न बिरामीको सहज उपचारका लागि अस्पतालले १ लाख रुपैयाँसम्मको औषधि लगायत अन्य उपचारमा लाग्ने खर्चहरू निःशूल्क उपलब्ध गराउन सुरू गरेको भेरी अञ्चल अस्पतालले जनाएको छ।
अस्पतालले निशुल्क उपचार सेवा सुरू गरेपछि सिकलसेलका बिरामीहरू अस्पतालमा सम्पर्कमा आउने क्रम दिनहुँ बढ्दै गएको छ। हालसम्म ८० जना बिरामी अस्पतालको सम्पर्कमा आईसकेका छन्।
भेरी अञ्चल अस्पतालले सिकलसेलको उपचारका लागि ३ जना दक्ष चिकित्सक सहितको स्वास्थ्यकर्मीकोसमेत ब्यवस्था गरिएको छ। सिकलसेकाका बिरामीको उपचारका लागि छिटटै छुटटै वार्डसमेत सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको छ।
सिकलसेल एनिमिया भएका आमा र बाबुबाट यो रोग उनका सन्तानहरुमा सर्दै जान्छ। विरामीको रगत परीक्षणबाट