दलका शीर्ष नेताहरुले ६ प्रदेशको सहमति गर्दा लुम्बिनी अञ्चलका पहाडी जिल्लालाई तराईका तिन जिल्लासँग नटुक्र्याउन सबै सभासद् एकजुट भएका छन् । अर्घाखाँचीसँग नटुक्र्याउन माग गरेको सभासद नेपालले बताए । सबै सभासदले लुम्बिनी अञ्चललाई अखण्ड राख्नुपर्ने र टुक्र्याउन नहुनेमा जोड दिएका छन् ।
लुम्बिनी अञ्चलबाट संविधान सभामा प्रतिनिधित्व गर्ने ३२सभासदले राज्य पुनर्संरचना गर्दा उक्त अञ्चल नटुक्र्याउन माग गरेका छन्।
यो अञ्चलमा रहेका सबै जिल्लालाई एउटै प्रदेशमा गाभ्न माग गर्दै उनीहरुले संवैधानिक राजनितक संवाद तथा सहमित समितिका सभापति डा.बुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापन पत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, नेकपा माले लगायत विभिन्न दलका सभासदले हस्ताक्षर गरेका छन्। दलहरुले नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई तराईको प्रदेशमा गाभ्ने तयारी गरेपछि उनीहरुले यसको विरोध गरेका हुन्।
नेपाली काँग्रेसका सभासद चन्द्र भण्डारीले आफूहरुले भद्रतापूर्वक अञ्चल नटुक्र्याउन आग्रह गरेको भन्दै आफ्नो मागको बेवास्ता गरे जेसुकै गर्न तयार हुने चेतावनी दिए। तराईको लुम्बीनीदेखि हिमालको मुक्तिनाथसम्मको धार्मिक, सांस्कृतिक र सामाजिक कारणलाई मध्यनजर गर्दै यो अञ्चल नटुक्र्याउन आग्रह गरिएको उनले बताए। सेतोपाटीमा समाचार छ ।