निरन्तर छलपफलमा रहेका प्रमुख चार दलबीच अझै पनि सहमति जुट्न सकेन्, फाेरम लाेकतान्त्रिकको मधेसमा तीन प्रदेश हुनुपर्ने अडान

काठमाडौं – विगत केही दिनदेखि निरन्तर छलपफलमा रहेका प्रमुख चार दलका शीर्ष नेताबीच अझै पनि सहमति जुट्न सकेन्। 
निर्णायक भनिएकाे बैठकमा फाेरम लाेकतान्त्रिकले मधेसमा तीन प्रदेश हुनुपर्ने अडान राखेपछि सहमतिकाे संभावना टरेकाे हाे। 
सहमति प्रयासका लागि भोलि शुक्रबार फेरि बैठक गर्ने निर्णय भएको छ।
सीमाकंनसहित ६ प्रदेश बनाउने सहमति गरेका दलबीच बिहीबारकाे बैठकमा फाेरम लाेकतान्त्रिकले तराइमा तीन प्रदेश बनाउनु पर्ने अडान राखेकाे थियाे । उसले माेरङ, सुनसरीदेखि उदयपुर हुँदे सिराहासम्म, धनुषादेखि सिन्धुली र मकवानपुरका केही भूभागसहित पर्सासम्म र नबलपरासीदेखि कैलालीसम्म तीन प्रदेश बनाउनु पर्ने फाेरम लाेकतान्त्रिकले अडान राखेकाे थियाे । उसकाे अडानमा कांग्रेस, एमाले र एमाअाेवादी सहमत नभएपछि सहमति हुन नसकेकाे हाे ।
‘तराइमा तीन प्रदेश नबनाउने हाे भने मधेसमा अप्ठेराे पर्छ त्यसकाे रिस्क हामी लिन सक्दैनाैं’, लाेकतान्त्रिका महासचिव जीतेन्द्र देवले भने ।  साेही विषयमा छलपफल गर्न लाेकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बैठककाे बिचैबाट विराटनगर गएका छन् । अाज सहमतिकाे संभावना परेपछि साेही विषयमा छलफल गर्न अहिले संवाद समितकाे बैठक सुरू भएकाे छ । शीर्ष नेताकाे बैठक भाेली बस्ने सहमति भएकाे नेताहरूले जनाएका छन् । नागरिकन्युजमा समाचार छ ।