पाल्पा, श्रावण २३ । पाल्पाको दोभानस्थित सिद्धबाबामा शनिबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ५७७१ नम्बरको बस तिनाउ नदीमा खसेर दुर्घटनाग्रस्त भएको हो । सडकमा गुडिरहेको बसलाई डाँडामाथिबाट खसेको पहिरोले तिनाउ नदीमा पुर्याएको हो ।
बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । बस खसेको ठाउँमा माथिबाट पहिरो झरिरहेकाले उद्दारमा कठीनाइ भएको प्रहरीले जनाएको छ ।
बसमा रहेकाहरुको उद्धारको प्रयास भइरहेको छ । इमेजखबरमा समाचार छ ।