डडेल्धुरा । डडेल्धुराको जोगबुढा अस्पतालमा आउने बिरामी सर्पबाट त्रसित बन्दै गएका छन् ।
सर्पदंसका बिरामी बढी आउने जोगबुढा अस्पतालभित्र दिउँसै सर्प आउन थालेपछि बिरामी र बिरामीका कुरुवाको भागाभाग हुने गरेको छ । अस्पताल परिसर खुल्ला रहँदा बाहिरका सर्प र किरा सहजै अस्पताल प्रवेश गर्ने गर्दछन् । जसको मार बिरामीमा समेत पर्ने गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भइ अस्पतालको रुपमा विकसित भएको जोगबुढा अस्पतालमा भने जस्तो सेवासुविधा नभएको स्वयं चिकित्सकहरुले नै बताउँदै आएका छन् ।
लामो समयदेखि मेडिकल सुपरिटेन्डेन्ट नभए पनि अस्पतालमा एमबीबीएस डाक्टरहरु छन् तर महत्वपूर्ण उपकरण भिडियो एक्सरे नहुँदा बिरामीलाई जोखिम मोलेर तराईका जिल्ला पठाउनुपर्ने बाध्यता रहेको चिकित्सक बताउँछन् ।
डडेल्धुराको भित्री मधेशका ६५ हजार जनताले स्वास्थ्य सेवा पाउने भनी स्थापना गरिएको अस्पताल २५ शैयाको छ । तर, सेवा सुविधा न्यून हुँदा कतिपयले अकालमै ज्यानसमेत गुमाएको स्थानीयहरु बताउँछन् ।
सदरमुकामलगायत तरांईका जिल्ला जान टाढापर्ने भएकाले गर्भवती जाँच, सुत्केरी सेवा, दम, औलो, झाडापखाला, सर्पदंसलगायतका सेवा यही अस्पतालले दिँदै आएको छ । इमेजखबरमा समाचार छ ।