मालीको केन्द्रीय सहर सेभरस्थित एक होटलमा बन्दुकधारीको आक्रमणमा परी सुरक्षाकर्मीसहित कम्तिमा ५ जनाको मृत्यु भएको छ । घटनामा दुईजना बन्दुधारी पनि मारिएका छन् ।
मालीमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका अनुसार आक्रमणमा परी राष्ट्रसंघ सम्बद्ध एक अन्तर्राष्ट्रिय प्रतिनिधिको मृत्यु भएको छ । विशेष गरी युएनका कर्मचारीहरु माझ लोकप्रिय होटलमा बन्दुकधारीले अन्य केही व्यक्तिलाई पनि बन्धक बनाएर राखेको बताइएको छ ।
मालीका सेना प्रवक्ताले होटलमा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्न कारबाही तीव्र पारिएको बताएका छन् । (एजेन्सी)