अफगानिस्तानको राजधानी काबुलमा भएका दुईओटा शक्तिशाली विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । विस्फोटमा गरी कयौं घाइते भएका छन् ।
प्रहरी प्रशिक्षण केन्द्रबाहिर भएको आत्मघाती विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । आत्मघाती हमलापछि विमानस्थल नजिक गोलाबारीसमेत भएको थियो ।
तालिबानी लडाकूले प्रहरी प्रशिक्षण केन्द्रमा गराइएको आत्मघाती विस्फोटको जिम्मा लिएको छ ।
यसअघि, शाह शाहिद इलाकामा एउटा ट्रकमा विस्फोट भएको थियो । घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करिब २ सय ५० जना घाइते भएका छन् ।
विस्फोटका कारण वरिपरीका घरका शिसा फुट्दा बढी घाइते भएको बताइएको छ । (एजेन्सी)