संघीयताको सीमांकनमा बाग्लुङ जिल्लालाई टुक्राएकोमा सर्वत्र विरोध भएपछि दलहरूबीच नटुक्र्याउने सहमति भएको छ।
आज साँझ बसेको ४ दलका शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकले बाग्लुङलाई नटुक्र्याउने निर्णय गरेको हो।
शनिबार राति भएको सीमांकनमा पूर्व र पश्चिम बाग्लुङ भनेर जिल्लालाई दुई फरक फरक प्रदेशमा राखिएको छ।
जिल्लालाई टुक्राउन नहुने भन्दै बाग्लुङमा बन्द लगायतका कार्यकर्महरू भइरहेका छन् भने धवलागिरीका १४ जना सभासदहरूले त्यसको चर्को विरोध गर्दै विरोध पत्र समेत बुझाएका थिए।
उनीहरूले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई भेटेर जिल्ला नटुक्र्याउन ध्यानाकर्षणसमेत गराएका थिए। सेतोपाटोमा समाचार छ ।